६ नम्बर बुधबारे

Admin

६ नम्बर बुधबारे राणाकालमा ६ नम्बर अड्डा (प्रशासन र नियन्त्रण कार्यालय) थियो। सुरक्षाका कारण पछि संखुवासभाको खाँदबारीमा स्थानान्तरण गरिएको स्थानीयको भनाइ छ। ६ नम्बर बुधबारे मोरङ, धनकुटा, इलाम र पाँचथर जिल्लाको सीमा रेखामा अवस्थित एउटा सानो पहाडी स्थान हो। चिसाङ नदीको उद्गमस्थल यहाँबाट अलि माथि छ। त्यहाँ +2 स्तर उच्च माध्यमिक विद्यालय, प्रहरी चौकी, स्वास्थ्य चौकी र केही बैंक तथा सहकारीहरू छन्। यहाँ हरेक बुधबार सानो हाटबजार लाग्ने भएकाले यसलाई बुधबारे भनिन्छ। यो लेटाङबाट २९ किलोमिटर उत्तरमा र जाँतेबाट उस्तै दूरीमा छ। लेटाङबाट त्यहाँ पुग्न बस, जीप र मोटरसाइकलबाट पनि जान सकिन्छ तर बाटो निकै कच्ची छ ।...